Skip This
वाइडबडीमा डेढ अर्ब भ्रष्टाचार : तत्कालीन पर्यटनमन्त्री शाही र सचिव अधिकारीसहित ३२ विरुद्ध मुद्दा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २२ बिहीबार
  • Saturday, 27 July, 2024
सुवास भट्ट काठमाडौं
२o८o चैत २२ बिहीबार १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वाइडबडीमा डेढ अर्ब भ्रष्टाचार : तत्कालीन पर्यटनमन्त्री शाही र सचिव अधिकारीसहित ३२ विरुद्ध मुद्दा 

Read Time : < 1 मिनेट
सुवास भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २२ बिहीबार १४:३५:oo

नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, तत्कालीन सचिव शंकरप्रसाद अधिकारीसहितलाई प्रतिवादी बनाइएको छ।  २४ जना नेपाली र आठ विदेशी प्रतिवादी छन्। 

यस्तै, भन्सार विभागका तत्कालीन महानिर्देशक मुक्तिराम पाण्डे, तत्कालीन सहसचिव शिशिरकुमार ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने, जीवनप्रकाश सिटाैला, अच्युतराज पहाडी, व्यवसायी निमानुरू शेर्पालगायत प्रतिवादी छन्।

नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्दा चार अर्ब ३५ करोड भ्रष्टाचार गरेको ठहर संसद्को सार्वजनिक लेखा समितिले गरेको थियो।

१७ पुस ०७५ मा समितिले छानबिन प्रतिवेदन नै सार्वजनिक गरेको थियो । खरिद प्रक्रियामा संलग्न तीन पूर्वमन्त्री, तीन सचिव, निगमका तत्कालीन महाप्रबन्धकलगायतमाथि थप छानबिन गरी कारबाही गर्न समितिले अख्तियारलाई निर्देशन दिएको थियो। 

दोषीको नामै किटान गरेर दिएको वाइडबडी खरिद प्रकरणको पनि अख्तियारले लामो समय छानबिन नगरी फाइल अड्काएर राखेको थियो। अख्तियारले विशेष अदालतमा बुझाएको आरोपपत्र नै २३३ पेज लामो छ।