१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १९ सोमबार १४:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

१३ जिल्लाका सिडिओको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १९ सोमबार १४:५४:००

गृह मन्त्रालयले ४४ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरेको छ । पदस्थापनमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा भएको छ । 

सुर्खेतका सिडिओ रमेश न्यौपानेको पाल्पा, पाल्पाका यादव सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ । महोत्तरीमा कृष्ण बहादुर कटवाललाई पठाइएको छ ।  

गृहका हिरालाल रेग्मीलाई सुर्खेत, चन्द्र गैरेलाई कालिकोट, भीम भट्टराईलाई डोटी, बर्दियामा लिलाधर अधिकारी, दार्चुलामा शरद पोखरेल, ओखलढुगामा कृष्ण पौडेल, संखुवासभामा जीवन आचार्य, रोल्पामा नरेन्द्र राना, हुम्लामा चिरञ्जिवी गिरी, बझाङमा कमलराज भण्डारीकाे सरुवा भएकाे छ ।