१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

११ सचिवको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४९:oo

सरकारले केही सचिवहरूको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र प्रदेशका प्रमुख सचिवहरूको सरुवा गरेको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिवका रूपमा सरुवा गरिएको छ ।

आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ । उपराष्ट्रपतिको कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासनतर्फको सचिव बनाएर ल्याइएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई ऊर्जा सचिवमा सरुवा गरिएको छ । ऊर्जाका गोपालप्रसाद सिग्देललाई भौतिकमा ल्याइएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडीलाई सिँचाइमा लगेर त्यहाँका सुशीलचन्द्र तिवारीलाई सचिवालयमा ल्याइएको छ ।

मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे वाणिज्य सचिव बनेर आएका छन्  । वाणिज्य सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।

बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।  
 

ad
ad