१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ १७ शनिबार १०:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एटिएम फुटाएर चोरी गर्दै गर्दा युवक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार १०:०६:००

एनआइसी एसिया बैंकको एटिएम फुटाएर चोरी गर्न लागेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सिन्धुपाल्चोक घर भई हाल भक्तपुरकाे नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई एटिमएम फुटाउँदै गर्दा गएराति २:१५ बजे पक्राउ गरेको हो । 

भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका– ६, बाहखाबजारमा रहेको सञ्जीव चित्रकारको घरको भुँइतलामा एनआइसी एसियाको एटिएम छ । एटिएम तोडफोड हुँदै छ भन्ने सूचना पाउनासाथ घटनास्थल पुगेका प्रहरीले ह्याम्बर, स्क्रु डाइभर, मेसिरको बाहिरी कभर र रोलर डण्डीसहित तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए । 

पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।