१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ जेठ १३ मंगलबार १९:०१:००
Read Time : > 1 मिनेट
समाचार

सरकारले पत्रकारलाई सुरक्षा र स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्छ : देउवा

Read Time : > 1 मिनेट
२०७७ जेठ १३ मंगलबार १९:०१:००

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारी फैलिरहेको वेला पत्रकारलाई सरकारले सुरक्षा र स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले पत्रकारका लागि स्वास्थ्य तथा सुरक्षा सामग्री उपलब्ध गराउन नसकेको जिकिर गर्दै त्यस्ता सामग्री उपलब्ध गराउन जोड दिएका हुन् ।

देउवाले प्रेस युनियन सुनसरीले निर्माण गरेको डिजिटल पात्रोको उद्घाटन पनि गरेका छन् । उनले भने, ‘सुनसरीका साथीहरूलाई बधाई दिन चाहन्छु, प्रविधिको यो युगमा डिजिटल पात्रो निर्माण हुनु सराहनीय छ ।’ कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू समस्यामा परेको पनि बताए । उनले भने, ‘मैले सुरुदेखि नै पत्रकारको हकमा बोल्दै आएको छु, पत्रकारका लागि सुरक्षा, स्वास्थ्य सामाग्री व्यवस्था होस् भनेर आवाज उठाउँदै आएको छु ।’ उनले सरकारले अहिले पत्रकारको हकहितका पक्षमा काम गर्न नसकिरहेको तर्क पनि गरे ।

जुम एपमार्फत आयोजना गरिएको कार्यक्रममा देउवाले पत्रकारहरूसमेत कोरोना संक्रमति हुन थालेकाले सजगता अपनाउन आग्रह गरे । कार्यक्रममा युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले युनियनले प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको र श्रमजीवी पत्रकारको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए ।

युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले लकडाउनको समयमा प्रेस युनियन जिल्ला कार्यसमितिले दुई सय २० जना पत्रकारको कोरोना बिमा गरेको बताए । उनले संक्रमणका बेला पत्रकारलाई निःशुल्क स्वास्थ्य सामाग्री वितरण गरेको उल्लेख गरे । उनले भने, ‘बिषम् परिस्थितिमा हामीले पत्रकारको हकहितका लागि काम गर्दै आएको छाैँ, हामीले अहिले डिजिटल क्यालेन्डर पनि तयार गरेका छौँ ।’

प्ले स्टोरबाट डाउनलोड गर्न सकिने पात्रोमा दैनिक राशीफल, न्यूज अपडेट गरिने र सबै जिल्लाका नेतृत्व तहमा बसेकाहरुको नामावली र नम्बर पनि उपलब्ध भएको उनले बताए ।

कार्यक्रममा कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्मा, नेविसंघका सभापति राजीव ढुंगाना, पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, प्रेस युनियका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु सिवाकोटी, पूर्व अध्यक्ष तथा पूर्व सूचना आयुक्त किरण पोखरेल, युनिय युरोप शाखाका अध्यक्ष विपिन निरौला लगायतले बोलेका थिए । उनीहरुले प्रेस युनियन सुनसरीले डिजिटल पात्रोको शुभारम्भ गरेर सराहनीय काम गरेको बताएका थिए । कार्यक्रममा विभिन्न शाखाका २ सय ५० भन्दा बढी सक्रिय सञ्चारकर्मीको सहभागीता रहेको थियो ।