मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Monday, 17 March, 2025
२o८o मङ्सिर ११ सोमबार १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजतन्त्र अब कुनै हालतमा फर्किँदैन : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १६:o१:oo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन्।

सोमबार नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै हालतमा राजतन्त्र नफर्कने दाबी गरेका हुन्।

‘कसैले चाहँदैमा अब राजतन्त्र फर्किँदैन। सार्वभौम संविधानसभाको निर्णयले गणतन्त्रको स्थापना भएकाले अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन,’ उनले भने। राजतन्त्र फर्काउन भनी सक्रिय भएका समूह र पार्टीप्रति इंगित गर्दै देउवाले कसैले चाहेर अब राजतन्त्र नफर्किने बताएका हुन्।

देउवाले भने, ‘पत्रकारले शेरबहादुर बोलेन भन्छन्, मैले भन्नैपर्छ– संविधानसभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किँदैन। सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउनुपर्छ।’