१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी न्युयोर्क
२०७६ चैत १८ मंगलबार ०६:३९:००
Read Time : > 1 मिनेट
विश्व

राष्ट्रपति ट्रम्प सर्वसाधारणसँग रिसाए

Read Time : > 1 मिनेट
एजेन्सी न्युयोर्क
२०७६ चैत १८ मंगलबार ०६:३९:००

विश्वमै महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासै टिप्पणी गरेका थिएनन् । केही दिनअघिसम्म ट्रम्पले न्युयोर्क सहर लकडाउन गर्नुपर्ने आवश्यकता नरहेको बताएका थिए । तर, उनै ट्रम्प सर्वसाधारणले सामाजिक दूरी नराख्दा र लकडाउन तोड्दा रिसाएका छन् । पहिलोपटक आफ्ना नागरिकलाई चेतावनी दिँदै ट्रम्पले सामाजिक दूरी कायम नराख्दा अमेरिकामा लाखौँ व्यक्तिको निधन हुन सक्ने चेतावनी दिएका छन् । 

ह्वाइटहाउसका डाक्टरले अमेरिकामा कोरोना भाइरस नियन्त्रण नहुँदा कम्तीमा पनि दुई लाख अमेरिकनको निधन निश्चित भएको बताएको जनाएका छन् । सर्वसाधारण अनियन्त्रित हुँदा राष्ट्रपति ट्रम्पले ३० अप्रिलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताएका छन् ।

‘सुरुमा १२ अप्रिलसम्म सामाजिक दूरी कायम गर्ने सीमा राखिएको थियो, अब यो बढेर ३० अप्रिलसम्म हुनेछ,’ वासिङ्टनस्थित राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अहिलेको अवस्था हेर्दा अमेरिकामा कोरोना भाइरसबाट मर्ने व्यक्ति थुपार्दा एउटा पहाड नै बन्छजस्तो छ ।’ 

पछिल्लो २४ घन्टामा अमेरिकामा मात्र कोभिड–१९ बाट पाँच सय १८ व्यक्तिको निधन भयो । यही भयावह अवस्था देखेर नै राष्ट्रपति ट्रम्पले सर्वसाधारणमाथि कडाइ गर्न लागेको एजेन्सीले जनाएका छन् । यस सम्बन्धमा मंगलबार विशेष बैठक बस्न सक्छ । सो बैठकमा सबै राज्यमा नागरिकमाथि कसरी नियन्त्रण लिने भन्ने विषय नै मुख्य रहनेछ । 

ह्वाइटहाउसका चिकित्सकले वर्तमान परिस्थितिअनुसार कडा नियम लागू हुनुपर्ने सुझाब राष्ट्रपति ट्रम्पलाई दिएका छन् । राष्ट्रपति ट्रम्पले सर्वसाधारणले प्रशासनले लागू गरेको गाइडलाइन पालना गर्दा क्षति नहुने विश्वास दिलाए । ‘हामी सबै अमेरिकनले गाइडलाइन पालना ग-यौँ भने कोरोनामाथि नियन्त्रण लिन सक्छौँ,’ ट्रम्प भन्छन्, ‘संक्रमण हुनबाट जोगिन नियम सबैले पालना गर्नुपर्छ ।’ अमेरिकामा एक लाख ४२ हजारजना कोरोना भाइरसबाट संक्रमित छन् । अहिलेसम्म २४ सय व्यक्तिको निधन भइसकेको छ ।