१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका न्यूयोर्क
२o८१ बैशाख १७ सोमबार १o:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

अमेरिकामा नेपाली मूलका व्यवसायी संगठित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१९:oo

अमेरिकाको न्युयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायी संगठित भएका छन्। उनीहरूले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स गठन गरेका हुन् । न्युयोर्क, न्युयोर्क र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपालीभाषी व्यवसायी संलग्न रहेको यो संस्थामा ७४ वटा व्यावसायिक कम्पनी आबद्ध भएका छन् । एक वर्षसम्मको तयारीपछि गरिएको साधारणसभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

नयाँ वर्षको अवसर पारेर न्युयोर्कमा गरिएको कार्यक्रममा संस्थाको कार्यसमितिसहित आधिकारिक घोषणा गरिएको हो । समितिमा छेपाक दोर्जे गुरुङ, छिरिङ गुरुङ, डा. सुलोचना गुरुङ, दीपक श्रेष्ठ, नेभिन क्षेत्री र निश्चल बाँस्कोटा सदस्य रहेका छन् । 

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको घोषणा सभामा नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, न्युयोर्क राज्य एसेम्बली मेम्बर स्टिभेन रागा, क्विन्स बोरो डेपुटी प्रेसिडेन्ट इबोनी योङ, न्युयोर्क सिटी मेयर अफिस स्मल बिजिनेस सर्भिसका  डेपुटी डाइरेक्टर हरिस खान, सुप्रिम कोर्ट जज कासान्द्रा जोन्सनलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

नेपाली नयाँ वर्षको शुभकामना आदान–प्रदानसहितको घोषणासभामा चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले न्युयोर्कआसपासमा रहेका नेपाली मूलका व्यवसायीहरूले भोग्नुपरेको समस्यालाई संगठित ढंगले हल गर्न संस्था गठन गरिएको बताए । उनले यो आसपासमा एक हजारभन्दा बढी नेपाली मूलका व्यवसायी रहेको भन्दै सबैलाई संस्थामा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए । 

राजदूत थापाले नेपालमा लगानीको वातावरण बनेको भन्दै यहाँको सीप  र लगानीलाई नेपालमा विस्तार गर्न आग्रह गरे ।  उनले  आसन्न लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्दै व्यवसायीलाई जस्तोसुकै सहयोग गर्न पनि नेपाल सरकार तयार रहेको जानकारी दिए ।

करिब दुई वर्षको अनौपचारिक छलफल र कानुनी प्रक्रिया पूरा गरी गत मार्च २४, २०२४ मा संस्थाले पहिलो साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आठ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा अमितप्रताप शाह, ग्याल्जेन नुरु शेर्पा, खगेन्द्र जिसी, मनितादेवी गुरुङ, नवराज केसी, पासाङ नुरु शेर्पा, समीर महर्जन र उर्गेन शेर्पा रहेका छन् ।

ad
ad