१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २३ शुक्रबार १५:३९:००
Read Time : < 1 मिनेट
समाचार

विद्युत् प्राधिकरण सिन्धुलीका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २३ शुक्रबार १५:३९:००

नेपाल विद्युत प्रधिकरण विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर शेरबहादुर सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कार्यालय भवनको तला थप गर्ने काम सकिएपछि अन्तिम बिल भुक्तानीका क्रममाा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा महोत्तरी बर्दिबासबाट गएको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । इन्जिनियर सुनारले घुस रकम सोही कार्यालयका हलुका सवारीचालक टेकबहादुर खड्कालाई लिन पठाएका थिए । खड्काले सेवाग्राहीबाट ७५ हजार रुपैयाँ लिई भागेका थिए । 

भागेका खड्कालाई अख्तियारको टोलीले कमलामाई नगरपालिका ७ पानीट्यांकी जानेबाटोबाट र इन्जिनियर सुनारलाई निजकै कार्यालयबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । इन्जिनियर सुनारउपर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कारबाही गर्न आयोगले माग गरेको छ । साथै बिगोबापत ७५ हजार भराउन पनि आयोगले भनेको छ ।