१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७६ माघ २९ बुधबार १३:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सिन्धुपाल्चोकको एक गाउँमा अज्ञात रोगले बिरामी हुने बढे, गाउँपालिकाको पत्रले त्रास बढायो 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७६ माघ २९ बुधबार १३:४४:००

एक सातादेखि फैलिएको अज्ञात रोगले जुगल गाउँपालिका ३ गुम्बामा एक सय ५० भन्दा बढी बिरामी परेका छन् । 

गाउँपालिका स्वास्थ्य संयोजक अनिल साउदले बुधबारमात्रै ५० बिरामी उपचारका लागि गुम्बाथाङ स्वास्थ्य चौकी आएको बताए । गुम्बा जिल्लाको सबैभन्दा विकट गाउँ हो ।
स्थानीयलाई झण्डै १० दिनदेखि रुघा, खोकी, ज्वरो र छाती दुख्ने रोगले समातेको गुम्बा स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविका खम्बा लामाले बताइन् । लामाले मंगलबार र बुधबार एक सयभन्दा बढी बिरामी परे पनि ओछ्यानमा सुत्नुपर्ने अवस्थाका थोरै रहेको बताइन् । 

स्वास्थ्य चौकी आएका सबै बिरामीलाई प्राथमिक उपचार र मास्क दिएको संयोजक साउदले बताए । ‘बुधबार दिउँसो स्वास्थ्य संस्थामा सयभन्दा बढी बिरामी आएका छन्,’उनले भने, ‘तर, के रोग हो रगत नजाँची भन्न सकिँदैन ।’ स्वास्थ्य चौकीमा जम्मा भएका स्वास्थ्यकर्मीले बिरामीको लक्षण हेर्दा कोरोना भाइरस नभएको अनुमान गरेका छन् । 

बिरामीलाई लक्षणअनुसार सिटामोललगायत औषधि दिइएको छ । विद्यालय जाने बालबालिका केही दिनयता ज्वरो र खोकीले पीडित छन् । तर, विद्यालय जान छोडेका छैनन् । धेरैजसो बिरामीले नियमित काम गरिरहेका छन् । प्राथमिक उपचारपछि केही बिरामीलाई आराम मिलेको साउदले बताए । 

गाउँपालिकाको पत्रले बढायाे त्रास 
जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले मंगलबार सूचना जारी गरेर कोरोना भाइरसको शंका गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जरुरी पत्र पठाएसँगै स्थानीय त्रसित बनेका छन् । 

गाउँपालिकाको सूचनाले जिल्लाभर त्रास सिर्जना गरेको छ । गाउँपालिकाको पत्रअनुसार मन्त्रालयले चिकित्सकको टोली सिन्धुपाल्चोक पठाएको छ । भाइरस जाँच्ने उपकरणसहित चिकित्सक टोली बुधबार बेलुकासम्म गुम्बाथाङ पुग्नेछ ।

संयोजक साउदका अनुसार केन्द्रबाट जिल्ला पठाएको चिकित्सक टोली सदरमुकाम चौतारा आइसकेका छन् । ‘रगत जाँचपछि रोग पत्ता लाग्छ । 'अहिले आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने ।