१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
काठमाडौं
२०७६ माघ २ बिहीबार ०९:०७:००
Read Time : < 1 मिनेट
समाचार

योगलाई जीवन अभिन्न अंग बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ २ बिहीबार ०९:०७:००

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अंग बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय योग मूल समारोह समितिले बुधबार राष्ट्रिय योग दिवसका अवसरमा गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले मानिसको वास्तविक जीवनशैली अपनाउन योगले सहयोग गर्ने बताए । 

आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै उनले त्यसलाई कम गर्नका योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएको धारणा व्यक्त गरे । निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले योगलाई विद्यालयतहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकार रोग लाग्न नदिने अभियानमा रहेको भन्दै योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।