१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २८ सोमबार १८:३६:००
Read Time : < 1 मिनेट
अर्थ

सम्पत्ति शुद्धिकरण र राजश्व अनुसन्धान विभाग गलत गर्नेका लागि हो अरु तर्सनु पर्दैन : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २८ सोमबार १८:३६:००

अर्थमन्त्री डा. युवराज खतिवडाले कानूनको डर गल्ति गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकाले सम्पत्ति शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह समेत गरे । कानूनको दायरा भित्र रहेर उद्योग व्यवसाय गर्नेहरुका लागि सरकार सहयोगी हुने उनको भनाई छ । 

अर्थमन्त्री खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मुल्य निर्धारणमा एलसी खोल्ने गरेकोले विकृति बढेको उनले बताए । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले बैंकहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका वस्तुहरुको मूल्य सूची सरकारले उपलब्ध गराउने र उक्त मूल्य अनुसार एलसी नखोले कारबाही गर्ने बताए । 

उनले आन्तरिक उत्पादनमा जोड दिन समेत व्यवसायीहरुलाई आग्रह गरे । सरकारले आन्तरिक उत्पादन बढाई निर्यात गर्ने व्यवसायीलाई कच्चा पदार्थ, प्रविधि, उत्पादनको प्रकृया, प्याकेजिङ, ब्राण्डिङ, तथा निकासी अनुदान लगायतमा सहयोग गरेकाले त्यसको फाइदा लिन समेत आग्रह गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताए ।

अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझै पनि व्यवसायिक वातावरण विग्रिएको बताए । अर्थमन्त्री खतिवडाले भने सरकारले संस्थागत आयकरको दर नबढाएको, मूल्य अभिवृद्धि कर पनि नबढाएको अवस्थामा कसरी व्यवसायीक वातावरण विग्रियो ? भन्दै प्रश्न गरे ।