१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुबईमा ९८ लाख चोरेर नेपाल ल्याउने युवकलाई सम्पत्ति शुद्धीकरण मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:४३:oo

आफू काम गर्ने कम्पनीको रकम हराएको भन्दै चोरी गरेर नेपाल ल्याउने एक युवकलाई सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समीर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार उनले २०१३ को ४ अप्रिलमा आफ्नो कम्पनीको रकम हिनामिना गरेका थिए । राई वर्ल्ड सेक्युरिटी नामक कम्पनीमा मनी ट्रान्सपोर्टरका रूपमा काम गर्दथे । कम्पनीले ६ लाख ३९ हजार ६ सय ७९ दिराम बैंकमा जम्मा गर्न दिएकोमा सो रकम हराएको भन्दै नेपालमा पठाएका थिए। 

त्यसको तीन दिनपछि उनी भागेर नेपाल आएका थिए । १५ अप्रिलमा त्यसबारे दुबई प्रहरीले नेपाललाई जानकारी दिएको थियो । उनको पासपोर्ट कम्पनीमै भएकोमा कारोबारका लागि आवश्यक परेको भन्दै निकालेर नेपाल भागेका थिए । 

दुबई प्रहरीले दिएको सूचनाका आधारमा अनुसन्धान गरी ७ वर्षपछि विभागले मुद्दा दायर गरेको हो । ९८ लाख ५८ हजार ९ सय ४३ रुपैयाँ बिगो दाबी गरी विभागले राई र उनकी श्रीमती अम्बिकाविरुद्ध मुद्दा दायर गरेको हो । राईले यसअघि ९० लाख ५८ हजार धरौटी राखेकोमा त्यो रकम जफतको मागसमेत गरिएको छ ।

ad
ad