१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
केशव गुरुङ गोरखा
२०७६ पौष २७ आइतबार २०:५०:००
Read Time : < 1 मिनेट
समाचार

धुमधामका साथ मनाइयो पृथ्वी जयन्ती

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ पौष २७ आइतबार २०:५०:००

पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा विगतमा भन्दा यस वर्ष पृथ्वी जयन्ती अझ भव्य रूपमा मनाइएको छ । गोरखा संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले माल्यार्पण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

पृथ्वीजयन्ती मनाउने क्रममा विभिन्न संघ–संस्था, सरकारी निकाय, सुरक्षाकर्मी र्‍यालीसहित कार्यक्रममा सहभागी भएका थिए । गोरखा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा अधिकांश वक्ताले शाहको योगदानलाई बिर्सन नहुने बताए । पृथ्वी जयन्तीको अवसरमा गोरखाका ६ वटा स्थानीय तहले सार्वजनिक बिदा नै दिएको थियो ।

¥यालीमा सहभागी गोरखा नगरपालिका–६ का स्थानीय ओमप्रसाद श्रेष्ठ सबैको आकर्षण बनेका थिए । २८९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको भेषमा आएका श्रेष्ठसँग फोटो खिच्नेको लामो लाइन नै लागेको थियो । उनीसँग लामो समयसम्म एकपछि अर्को गर्दै सबैको सेल्फी खिच्ने क्रम चलिरह्यो ।

‘नेपाल एकीकरण गर्ने शाहलाई जनताले नभुलुन् भनेर म शाहको भेषमा र्‍यालीमा सहभागी भएको हुँ,’ उनले भने, ‘यो उहाँका लागि सम्मान पनि हो ।’ सरकारले पृथ्वी जयन्तीमा बिदा नदिएको भन्दै उनले असन्तुष्टिसमेत जनाए । उनले भने, ‘यो दिन देशभर बिदा दिएर हर्षोल्लासका साथ पृथ्वी जयन्ती मनाइएको भए अझ राम्रो हुने थियो ।’