१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

पृथ्वीजयन्तीमा राप्रपाले कविता प्रतियोगिता आयोजना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:१४:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता आउँदो पुस २७ गतेसम्ममा ४० वर्ष ननाघेका युवाहरूमा मात्र सीमित रहनेछ। 

प्रतियोगीहरूलाई कवितासँगै आफ्नो नागरिकताको फोटोकपी पठाउन राप्रपाले अनुरोध गरेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार सर्जकहरूले आफ्ना कविता पुसको १५ गतेभित्रमा [email protected] मा इमेल गरेर वा ९८५१३४७४०५ मा ह्वाट्स एप गरेर पठाउन सक्नेछन्।

‘काठमाडौं धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आएर पनि कविता बुझाउन सकिनेछ। कविता पाँच सय शब्दमा सीमित हुनुपर्नेछ,’ श्रेष्ठले भनेका छन्। 

प्रतियोगितामा प्रथम हुने कविलाई रु. एक लाख, द्वितीय हुनेलाई रु. ५० हजार, तृतीय हुनेलाई रु. २५ हजार तथा अन्य तीनजनालाई रु. १०–१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिनेछ। पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नेछन्।

प्राप्त कविताहरू तीनजना प्रतिष्ठित कविहरूले स्वतन्त्र र वस्तुपरक रूपमा मूल्यांकन गर्नेछन्। मूल्यांकन समितिका सदस्यहरूको नाम पुस २७ गते नै जानकारी गराइनेछ।

‘उपरोक्त उमेर समूहका स्वदेश तथा विदेशमा रहनुभएका इच्छुक कविहरूलाई प्रतियोगितामा सहभागी हुन राप्रपा खुल्ला आह्वान गर्दछ,’ प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत भनेका छन्।

ad
ad