१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर १८ बुधबार १२:२२:००
Read Time : < 1 मिनेट
समाचार

लागुऔषधसहित दुई पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १८ बुधबार १२:२२:००

महोत्तरीको शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहान ज १२ प ८३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका एकडारा गाउँपालिका ३ का २४ वर्षीय पप्पु मण्डललाई पक्राउ गरेको हो । साथै, प्रहरीले मण्डललाई सहयोग गर्र्न पुगेका रोशन कुमारलाई पनि पक्राउ गरेको छ । 

प्रहरीले मण्डलको साथबाट  प्रोमेथाजिन इन्जेक्सन ९८ पिस, बुप्रेनोरफिन ईन्जेक्सन सय पिस, डाईजिपाम ईन्जेक्सन सय पिस र इन्ट्राजेपाम ट्यावलेट नौ सय पिस बरामद गरेको छ । त्यस्तै कुमारको साथबाट दुई हजार ५८ रुपैयाँ र एक मोबाईल बरामद गरेको छ । 

पक्राउ परेका माथि प्रहरीले लागुऔषध सम्बन्धि मुद्दा चलाउने प्रकृया सुरु गरेको प्रहरीले जनाएको छ ।