१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका रामेछाप
२०७६ मङ्सिर १८ बुधबार ०८:३५:००
Read Time : < 1 मिनेट
प्रदेश

बालिका बलात्कार गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रामेछाप
२०७६ मङ्सिर १८ बुधबार ०८:३५:००

उमाकुण्ड गाउँपालिका–२ कुभुकास्थलीका नेकपा नेता संगीत सुनुवार बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । गाउँकै १३ वर्षीया बालिका (उमाकुण्ड–१, नाम परिर्वतन) लाई २ मंसिरमा बलात्कार गरेको उजुरी परेपछि ४० वर्षीय सुनुवार पक्राउ परेका हुन् । 

२ मंसिरमा बलात्कारपछि नेता सुनुवारले कसैलाई नभन्नु भन्दै फकाएर घर पठाएको, तर त्यसपछि पनि बारम्बार बलात्कारको प्रयास गरेपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । बारम्बार बलात्कारको प्रयास गरेपछि बालिकाले आमालाई भनेकी थिइन् । त्यसपछि उनकी आमाले प्रहरीचौकी बाम्तीमा उजुरी गरेकी थिइन् । 

बाम्ती प्रहरीचौकीले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको नेतृत्वमा प्रहरी परिचालन गरेको थियो । प्रहरीले सुनुवारलाई सोमबार उनकै घरबाट नियन्त्रणमा लिएको हो ।