१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०७:००:००
Read Time : < 1 मिनेट
अर्थ

हेराल्ड कलेजका  ६७ विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०७:००:००

हाँडीगाउँस्थित हेराल्ड कलेज काठमाडौंको पहिलो दिक्षान्त समारोह बुधबार काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा बिएससी अनर्स कम्प्युटर साइन्स कोर्ष पूरा गरेका ६७ जना विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सहउपकुलपति टिच स्टिलले प्रमाणपत्र प्रदान गरेका थिए । 

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा सुरु गरेको हेराल्ड कलेज काठमाडौं विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्ये उत्कृष्ट मानिन्छ । दीक्षान्त समारोहका प्रमुख अतिथि सहकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताए । विश्वविद्यालयले विराटागरस्थित मेरिल्यान्ड कलेजलाई समेत सम्बन्धन दिएको छ । ‘विदेशका कुनै पनि कलेजलाई सम्बन्धन दिँदा कलेजबारे अध्ययन गरेर मात्र दिन्छौँ,’ उनले भने, ‘हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुग्नेछ । विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उत्तीर्ण विद्यार्थीमध्ये ९६ प्रतिशतले रोजगारी पाएको उनले बताए । 

हेराल्ड कलेज काठमाडौंले चारवर्षे ब्याचलर अफ इन्टरनेसल विजनेस म्योजमेन्ट र तीनवर्षे बिएस्सी अनर्स कम्प्युटर साइन्स कक्षा सञ्चालन गरिरहेको छ । दिक्षान्त समारोहमा बोल्दै विश्वविद्यालयका अन्तरदेशीय शिक्षा प्रमुख डा. क्रिस्टोफर डेनेटले दीक्षित विद्यार्थीलाई शुभकामना दिँदै कलेजमा पढ्ने विद्यार्थीले विश्वको कुनै पनि देशको शिक्षामा प्रतिस्पर्धा गर्न सक्ने बताए । 

आइएनजी ग्रुपले सञ्चालन गरेको हेराल्ड कलेज काठमाडौंबारे जानकारी दिँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताए । 

अध्यक्ष बुढाथोकीले बेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेको धारणासमेत व्यक्त गरे । अध्यक्ष बुढाथोकीले आइएनजी ग्रुपअन्तर्गत सञ्चालित पाँच कलेजले करिब ५ सय युवालाई रोजगारी दिएको जानकारी दिए ।