१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ कार्तिक १७ आइतबार १६:२५:००
Read Time : < 1 मिनेट
समाचार

महराको थुनछेक बहस सकिएन, सोमबार पनि बहस हुने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १७ आइतबार १६:२५:००

बलात्कार प्रयास गरेको आरोपमा साढे सातवर्ष कैद मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्रसहित पेश गरिएका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबार थुनछेक बहस सकिएन । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार सरकार पक्षबाट सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ताद्वय हरिप्रसाद ग्मी र उमाकान्त पाैडेल र जिल्ला सहायक न्यायाधीवक्ता सृजना ढकालले बहस गरेका थिए ।

महराको पक्षबाट वरिष्ठ अधिवक्ता लभ मैनाली र अधिवक्ता भोजराज आचार्यले बहस गरे । महराको पक्षबाट बहस गर्न ५ जना वरिष्ठ अधिवक्तासहित ३५ जनाले वकालतनमा भरेका थिए । महराको पक्षबाट बहस बाँकी भएकाले सोमबार पनि थुनछेक बहस हुनेछ । विहान साढे ११ बजेबाट सुरु भएकाे बहस अपरान्ह ४:१५ मा सकिएकाे थियाे । 

बहस सकिएपछि मात्र अदालतले साधारण तारिख, धरौटी वा थुनामा राख्ने आदेश दिनेछ । 

संसद सचिवालयकी एक महिला कर्मचारीले महरामाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही आरोपमा महरालाई पक्राउ गरि मुद्दा चलाइएको हो ।