१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १३:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री महराको शपथ आइतबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:२३:oo

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

आइतबार दिउँसो १ः४५ बजे शपथग्रहणकाे कार्यक्रम हुन लागेको हो। प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताए।

एमाले, जनता समाजवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको सहयोगमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरिएको हो।

केन्द्रको सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले गत बिहीबार पदबाट राजीनामा दिएका थिए।

ad
ad