१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ असोज ३० बिहीबार ११:५६:००
Read Time : < 1 मिनेट
खेलकुद

महागढिमाई कप क्रिकेट : वीरगञ्ज र हेटौंडाको सुखद सुरुवात 

Read Time : < 1 मिनेट
२०७६ असोज ३० बिहीबार ११:५६:००

बारामा बुधबारबाट सुरु भएको महागढिमाई कप टि–२० क्रिकेट प्रतियोगितामा वीरगञ्ज युथ क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । 

महागढिमाई नगरपालिकास्थित क्रिकेट स्टेडियममा भएको उद्घाटन खेलमा आयोजक महागढिमाई स्पोर्टस क्लबलाई ६ विकेटले हराउँदै वीरगञ्ज युथ क्रिकेट क्लव विनयी भएको हो । 

१० ओभरमा छोट्याइएको खेलमा टस जितेर वीरगञ्जले व्याटिङ रोजेको थियो । ४ विकेटको क्षतिमा १३६ रन बनाएको वीरगञ्जविरुद्ध १३७ रनको लक्ष्य पछ्याएको आयोजक क्लब २ विकेट गुमाउँदै ५२ रनमा समेटियो ।

वीरगञ्जका लागि सर्वाधिक ४३ रनको योगदान गरेको समिम अंसारी खेलको म्यान अफ दि म्याच घोषित भए ।

बुधबारनै भएको दास्रो खेलमा हेटौंडाको महाविर क्रिकेट क्लबले बाराको कलैया क्रिकेट क्लबलाई १ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको कलैयाले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ७२ रन जोड्न सक्यो । ७३ रनको लक्ष्य पछ्याएको हेटौंडाले १५ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य लियो । हेटौंडाको जितमा नायक बनेका रामनरेश गिरी खेलको म्यान अफ दि म्याच घोषित भए । कलैयालाई सस्तैमा समेट्ने क्रममा रामनरेशले ह््याट्रिकसहित ५ विकेट लिएका थिए ।

लेट्स प्ले स्पोर्टसको आयोजना तथा नेक्सस् क्रिकेट एकेडेमीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँसहित ट्रफि प्राप्त गर्ने प्रतियोगिताका निर्देशक प्रवल गौतमले जानकारी दिए । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।