१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ २९ आइतबार १४:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पत्रकार सम्मेलनमा तनाव भएपछि ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ २९ आइतबार १४:१३:००

भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले शनिबार पुल्चोकमा आयोजना गरेको पत्रकार सम्मेलनमा झडप भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज विमानास्थलमा पर्यटन मन्त्री योगेश भट्टराईका कारण विमान उड्न ढिलाई भएको विषयमा शाहीले पत्रकार सम्मेलन गर्दै थिए ।

पत्रकार सम्मेलनकै क्रममा भनाभन भएको र झडप हुने अवस्था आएपछि शाहीलाई सुरक्षाका लागि ललितपुर महानगरीय प्रहरी परीसर लगिएको हो ।

परीसरका एसएसपी टेक राईले शाहीलाई नियन्त्रणमा लिएको नभई सुरक्षाका लागि परीसर ल्याइएको बताए । ‘पत्रकार सम्मेलनमा अवस्था तनावपूर्ण भएपछि उहाँ (शाही)लाई सुरक्षाका लागि ल्याएका हौं,’ राईले भने, ‘पक्राउ वा नियन्त्रण केही हैन् ।’