नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराई सवार गाडीमा तोडफोड भएको छ।
ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको ताेक्मेडाँडामा उनी सवार गाडीमा पहिचान पक्षधरले ढुंगामुढा गरेका हुन्।
सात/आठजनाको समूहमा रहेका उनीहरूले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए। आक्रमणकारीले हानेकाे ढुंगामुढा लागेर भट्टराई सवार गाडीको अगाडिको भागमा क्षति पुगेकाे छ। भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो। खतिवडाका अनुसार सिसा छरपस्ट भए पनि मानवीय क्षति भएकाे छैन।
यसअघि भट्टराईको निवासअगाडि उनीविरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाएका थिए। दसैँ, तिहार, छठ, नेपाल संवत्जस्ता चाडपर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा भट्टराईसहित एमालेका सांसद उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बो सहभागी थिए।
कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन्।