१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १३ आइतबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १३ आइतबार १४:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदमा माधव सापकोटा र ज्ञानेन्द्र शाहीबीच जुहारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १३ आइतबार १४:१७:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूले किन राजीनामा दिने भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो प्रश्न गरेका हुन्।

उनीभन्दा अघि बोलेका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान संविधान र व्यवस्थाविरुद्ध कुन नैतिकताले बोलेको भन्दै त्यो अधिकार नभएको बताएका थिए। सो विषयमा शाहीले संविधानमा फरक मत राख्ने अधिकार भएको भन्दै सापकोटालाई जवाफ फर्काएका हुन्।

‘यो देशमा यो व्यवस्था चाहिने–नचाहिने संशोधन गर्न पाइन्छ भनेको छ। कसैले विचार मिल्दैन भन्दै अमुक मान्छेले राजीनामा माग्न पाइँदैन। अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुपर्‍यो,’ उनले भने, ‘संविधानले विशेष अधिकार दिएको छ। कुनै पनि सांसदले स्पष्ट रूपमा वाक् स्वतन्त्रता दिएकाले कसैले राजीनामा माग्न पाइँदैन।’

आफू जुम्लाका जनताबाट निर्वाचित भएर आएको उनले उल्लेख गरे। ‘मैले किन राजीनामा दिने ? मैले आठ–नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? किन राजीनामा दिने ? मैले नेपाली जनता मारेको हो ? जातजाति, धर्मको नाममा हिंसा गरेर आएको हो ?’ उनले प्रश्न गरे ।