१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका रामेछाप
२०७६ श्रावण २८ मंगलबार ०६:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

विप्लव कार्यकर्ताद्वारा आत्मसमर्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रामेछाप
२०७६ श्रावण २८ मंगलबार ०६:३७:००

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्ताले आत्मसर्पण गरेका छन् । रामेछापको खाडादेवी गाउँपालिका–१ राकाथुमका कालमान तामाङ र जसबहादुर तामाङले आत्मसमर्पण गरेका हुन् । 

दुवैजनाले सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापमा उपस्थित भई आत्मसमपर्ण गरेको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेले जानकारी दिइन् । नेकपा राज्यविरुद्ध संघर्षमा लागेकाले आफूहरूले पार्टी परित्याग गरेको उनीहरूले बताएका छन् ।

अब आइन्दा सो पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने तथा नेपालको संविधान, प्रचलित ऐन, कानुन र नियमबमोजिम सामान्य जीवनयापन गर्ने उनीहरूले जनाएका छन् ।