लेखक रमेशनाथ पाण्डेको कथासंग्रह ‘संसारपारिको संसार’ प्रकाशित भएको छ। फिनिक्स बुक्सले उक्त कथासंग्रह प्रकाशन गरेको हो।
समसामयिक जीवन, समाज र मानवीय अनुभूतिलाई कथामार्फत प्रस्तुत गरिएको संग्रहमा विभिन्न विषयवस्तु समेटिएका छन्। पाण्डेका कथाले सामाजिक परिवेश र मानवीय सम्बन्धका विविध पक्षलाई कथात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको बताइएको छ।
कथासंग्रहको हस्ताक्षर कार्यक्रम शुक्रबार दिउँसो १ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने भएको छ। कार्यक्रममा लेखक पाण्डेले पाठकसँग प्रत्यक्ष भेटघाट तथा पुस्तकमा हस्ताक्षर गर्नेछन्।