मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परीक्षामा पास गराइदिन्छु भन्दै बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १८:५६:oo

परीक्षामा पास गराइदिन्छु भन्दै १३ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। झापाको गौरादह नगरपालिका– ४ स्थायी घर भई रामेछापको सुनापती गाउँपालिका–५ बस्ने ४८ वर्षीय नवीन भन्ने नवराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

भण्डारीले आफैँले पढाउने विद्यालयकी नाबालिका छात्रालाई परीक्षामा पास गराइदिन्छु भनी ललाइफकाई गर्दै संवेदनशील अंगहरूमा छुने, चिमेट्ने, सामाजिक सञ्जालमा अश्लील फोटो, भिडियो तथा म्यासेज पठाई यौनजन्य क्रियाकलाप गरी पटक-पटक बालयौन दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बुधबार पक्राउ परेका भण्डारीलाई रामेछाप जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी प्रहरीले थप कारबाही अघि बढाएको छ।

↑