निरन्तरको वर्षासँगै विभिन्न स्थानमा गएको पहिरोका कारण मनाङमा ३३ केभी विद्युत् प्रसारणलाइन अवरुद्ध भएको छ।
विद्युत् आपूर्ति अवरुद्ध भएपछि जिल्लाका केही क्षेत्रमा सञ्चार सेवासमेत प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। पहिरोका कारण अवरुद्ध भएको लाइन मर्मत गरी विद्युत् आपूर्ति यथाशीघ्र पुनः सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।