Skip This
धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १४:४४:oo

धनुषाको मिथिला नगरपालिका– ११, आँपगाछीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान सवा नौ बजेतिर राजन श्रेष्ठकाे एकतले घर पहिरोले पुर्दा उनकी श्रीमती ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोको सूचनापछि इलाका प्रहरी कार्यालय ढल्केबर तथा मातहत र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट संयुक्त प्रहरी टोली खटिएको थियो। घरमा रहेका पाँचमध्ये चारजनाको सकुशल उद्धार गरिएकोमा करिब ११ बजेतिर कमलाको शव निकालिएको हो।

शव परीक्षणका लागि सरकारी अस्पताल बर्दीबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।

↑