मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १६ मंगलबार १९:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रदेखि स्थानीय तहसम्मै राजनीतिक संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार १९:२o:oo

सत्तारूढ दल रास्वपाले बोलाएको सर्वदलीय बैठकले संघ, प्रदेश र स्थानीय तहमा खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले सबै तहमा सर्वदलीय संयन्त्र बनाउने निर्णय भएको जानकारी दिए।

‘बैठकमा हाम्रो जोड के रह्यो भने सबै तहमा राजनीतिक संयन्त्रले काम गर्नुपर्यो। प्रदेश सरकार, स्थानीय सरकार र जिल्लास्तरका समन्वयकारी निकायलाई त्यहाँको राजनीतिक संयन्त्रले पनि सहयोग गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने।