मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Tuesday, 01 September, 2026
२o८३ भदौ १६ मंगलबार २२:oo:oo
Read Time : > 2 मिनेट
समाचार

मंगलबार १० बजेसम्मका मुख्य १० खबर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार २२:oo:oo

अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन पूर्वाधार मन्त्रालयका पाँच निर्णय 
बाढी र पहिरोले कटान गरेपनि अवरुद्ध भए भनेको पृथ्वी राजमार्गमा सञ्चालनमा ल्याउन पूर्वाधान विकास  मन्त्रालयले पाँच वटा निर्णय गरेको छ । कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने निर्णय गरिएको छ । 

मुख्यमन्त्री थापाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरी मन्त्रिपरिषद्ले नियमित रूपमा कामकाज सञ्चालन गरिसकेको अवस्थामा प्रदेश कार्यपालिकालाई शून्य अवस्थामा पुर्‍याउने गरी अन्तरिम आदेश जारी गर्न नमिल्ने अदालतको ठहर हो।

केन्द्रदेखि स्थानीय तहसम्मै राजनीतिक संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

सत्तारूढ दल रास्वपाले बोलाएको सर्वदलीय बैठकले संघ, प्रदेश र स्थानीय तहमा खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले सबै तहमा सर्वदलीय संयन्त्र बनाउने निर्णय भएको जानकारी दिए।

बाढी प्रभावित तीन जिल्लामा सशस्त्र प्रहरी बल नेपालको १२ वटा अस्थायी बेस स्थापना
सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित तीन जिल्लामा १२ वटा अस्थायी बेस स्थापना गरेको छ। धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४  वटा बेस स्थापना भएका हुन्। जसअन्तर्गत धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, वेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ ए, त्रिशूली हाइड्रो ३ बी , स्याफ्रुबेँसी र बोगटप्टारमा गरी १२ वटा बेस स्थापना भएको हो। 

सभापति लामिछाने र चिनियाँ राजदूतबिच भेट, पुनर्निर्माणसम्मै साथ दिने प्रतिबद्धता
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबिच भेटवार्ता भएको छ। सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा मंगलबार दिउँसो भएको भेटमा राजदूत मिङ्ले भोटेकोशी बाढीबाट भएको क्षतिबारे  दुःख व्यक्त गरे।

भोटेकोशी बाढीः ८० शवको गोकर्णेश्वरको जंगलमा अस्थायी व्यवस्थापन 
भोटेकोशी बाढीमा विभिन्न ठाउँबाट संकलन गरिएका ८० शवको काठमाडौंको गोकर्णेश्वरस्थित जंगलमा व्यवस्थापन सुरु भएको छ। सनाखत नभएका शवको खाल्डो खनेर ‘एयरटाइट’ प्लास्टिकभित्र राखेर शवको अस्थायी व्यवस्थापन गर्न थालएको हो। 

कागेश्वरी मनोहराकी इन्जिनियर कार्की घुससहित पक्राउ
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्की घुससहित पक्राउ परेकी छिन्। नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर ९सातौँ० पदमा कार्यरत कार्की र रकम लिई मध्यस्थता गर्ने आस्मा कार्कीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।

बाढीपछि त्रिशूली बजारमा बाँकी सामान जोगाउने प्रयास (तस्बिरहरू)
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि नुवाकोटको त्रिशूलीबजार प्रभावित बनेको छ। बाढीले घर, पसल तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि स्थानीयहरू हिलो र लेदोमा पुरिएका सामानमध्ये प्रयोग गर्न मिल्ने सामग्री खोजेर संकलन गरिरहेका छन्।

बाढीका कारण बजार क्षेत्रमा थुप्रिएको माटो, लेदो र फोहोर हटाउँदै स्थानीयले घर तथा पसलमा बाँकी रहेका आवश्यक सामान सुरक्षित स्थानमा सारिरहेका छन्। 

टिचिङ अस्पतालको भित्तामा हराएका परिवारजन खोज्दै आफन्त (तस्बिरहरू)
टिचिङ अस्पतालको भित्ता रसुवा बाढीमा हराइरहेका परिवारजनको फोटोले भरिएको छ । बेपत्ता परिवार र घाइतेलाई खोज्न आउने आफन्तहरू भावविह्वल अवस्थामा छन् । उनीहरू भित्तामा टाँसिएको फोटो हेर्दै आफ्ना मान्छे खोजिदिन हारगुहार गरिरहेका छन् ।

अनिश्चितकालीन स्थगित प्रतिनिधिसभा बैठक भोलि बस्ने
अनिश्चितकालका लागि स्थगित प्रतिनिधिसभाको बैठक भोलि ०८३ भदौ १७ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारका अनुसार बैठकमा सभामुखले महाविपतबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको छ।