मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार ११:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेदरल्यान्ड्समा ५० वर्षपछि विदेशी प्रशिक्षक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार ११:१५:oo
  • स्पेन तथा बार्सिलोनाका पूर्वमिडफिल्डर साबीको प्रशिक्षणमा नेदरल्यान्ड्ले आगामी २४ सेप्टेम्बरमा जर्मनीविरुद्ध नेसन्स लिगमा प्रतिस्पर्धा गर्ने 

नेदरल्यान्ड्स फुटबल संघले पाँच दशकपछि विदेशी प्रशिक्षक नियुक्त गरेको छ । नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोली सम्हाल्न स्पेनका पूर्वखेलाडी साबीलाई नियुक्त गरिएको हो । सम्झौता चार वर्षको भएको बिबिसीले जनाएको छ । सन् १९७८ पछि नेदरल्यान्ड्सले विदेशी प्रशिक्षक नियुक्त गरेको हो । यसअघि अस्ट्रेलियन इर्नस्ट हापेलले डच टोली सम्हालेका थिए । ५० वर्षको अवधिमा नेदरल्यान्ड्सले स्वदेशीलाई नै राष्ट्रिय टोलीको जिम्मेवारी दिँदै आएको थियो । तर, अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सफलता पाउन नसक्दा नेदरल्यान्ड्सले विदेशी प्रशिक्षक रोजेको हो ।

४६ वर्षीय साबीले बार्सिलोना र स्पेनबाट प्रतिस्पर्धा गरेका थिए । उनले बार्सिलोनामा व्यावसायिक फुटबल करिअर बिताएका थिए । गत महिना अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको २३औँ विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स राउन्ड अफ ३२ बाट बाहिरिएको थियो । नेदरल्यान्ड्स मोरोक्कोबाट पराजित हुँदा बाहिरिएको थियो । त्यसवेला नेदरल्यान्ड्सलाई रोनाल्ड कोएम्यानले प्रशिक्षण गरेका थिए । विश्वकपको नकआउट चरणबाट बाहिरिएपछि रोनाल्डले राजीनामा दिएका थिए ।

साबी र नेदरल्यान्ड्सबिच पुरानो तितो सम्बन्ध छ । सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकप फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो । सो खेलमा स्पेनको मिडफिल्ड सम्हाल्ने मुख्य खेलाडीमा साबी थिए । २०२४ मेमा बार्सिलोनाको प्रशिक्षक पदबाट अलग भएपछि ४६ वर्षीय साबी प्रशिक्षक करिअरबाट अलग बसेका थिए । रोनाल्डको राजीनामापछि लुइस भान गालको चर्चा अधिक थियो । तर, नेदरल्यान्ड्सले स्वेदशी प्रशिक्षक नियुक्त गर्ने जिंक तोड्दै साबीलाई जिम्मेवारी दिइएको हो । साबीको पहिलो आधिकारिक प्रशिक्षकका रूपमा नेदरल्यान्ड्सले २४ सेप्टेम्बरमा नेसन्स लिगमा जर्मनीको सामना गर्नेछ ।

डचको प्रस्ताव सहज स्वीकार 
दुई वर्ष प्रशिक्षण करिअरबाट बाहिर रहेका साबीले नेदरल्यान्ड्सबाट प्रस्ताव आउँदा सहजै स्वीकार गरेका हुन् । उनले युरोपियन फुटबलमा गौरव बोकेको फुटबलको प्रशिक्षक हुनु गौरवपूर्ण भएको बताएका छन् । ‘यो एक किसिमले सम्मान हो । नेदरल्यान्ड्सको प्रशिक्षक बन्ने प्रस्ताव आउँदा केही सोचिनँ,’ साबीले भने, ‘बार्सिलोनाको एकेडेमीमा सिकेको ज्ञान नै खेलाडीलाई बाँड्नेछु ।’ जोहान काफु तथा रिनोस माइकल्सजस्ता खेलाडीले इतिहास बनाएको नेदरल्यान्ड्स टोलीलाई थप शक्तिशाली बनाउनुपर्ने जिम्मेवारी आफूमाथि आएको साबीले बताए ।

उनले काफु र माइकल्सको फुटलबबाट प्रभावित भएको बताए । ‘दुई महान् खेलाडीको खेल हेरेर फुटबल सिकेको हुँ । डच फुटबलसँग विशेष सम्बन्ध रहेको छ,’ उनले भने, ‘२०३० को विश्वकपसम्मका लागि सम्झौता भएको छ ।’ बार्सिलोनामा साबीलाई डेब्यु गराउने भूमिकामा प्रशिक्षक लुइस भान गाल तथा फ्रान्क राइकार्ड हुन् ।

डच फुटबलबाट प्रभावित 
साबीले आफू डच फुटबल संस्कृतिबाट प्रभावित भएको बताए । ‘नेदरल्यान्ड्सको फुटबल विशेष रूपमा आकर्षित बनाउने खालको छ । बलमा नियन्त्रण राख्दै आक्रामक फुटबल खेल्ने शैली, सिर्जनशीलता, भावना र दृढ संकल्प डच फुटबलको मुख्य विशेषता हो,’ उनले भने, ‘यही शैलीलाई कायम राख्दै टोलीलाई अघि बढाउने योजना छ ।’

साबीअघिका प्रशिक्षक कोएम्यानले २०२३ देखि डच टोलीको दोस्रो कार्यकाल सम्हालेका थिए । त्यसअघि उनीले २०१८ देखि २०२० सम्म पनि प्रशिक्षकका रूपमा काम गरेका थिए । बार्सिलोनामा १७ वर्ष लामो खेलाडी जीवन बिताएपछि साबीले कतारको क्लब अल सादमा आफ्नो करिअरको अन्त्य गरेका थिए । त्यसपछि उनले २०१९ देखि २०२१ सम्म अल सादकै प्रशिक्षक बनेर प्रशिक्षण करिअर सुरु गरे । संयोगवश २०२१ नोभेम्बरमा रोनाल्डको स्थानमा साबी बार्सिलोनाको प्रशिक्षक बनेका थिए ।