१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २ बिहीबार १९:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

हिंसालाई वैधानिकता दिने गरी सरकार कसैसँग वार्ता गर्दैन : सञ्चारमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २ बिहीबार १९:५३:००

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्रै नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्तामा बस्न सकिने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले शक्ति संचय र छलछामका लागि सरकारले सो समूहसँग वार्ता गर्न नसक्ने स्पष्ट पारे ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले हिंसालाई वैधानिकता दिने गरी सरकार सो समुहसँग वार्तामा बस्न नसक्ने दोहो-याए । मुलुकले यसअघि पनि हिंसा झेलेकाले त्यसको पुनरावृति हुने कुनै गतिविधि सरकारले नगर्ने उनले बताए ।

कार्यकर्ता रिहा गर्ने, मुद्दा फिर्ता गराउने नियतका साथ पनि वार्ताको प्रस्ताव आउन सक्ने भन्दै सरकार त्यसप्रति सचेत रहेको उनले उल्लेख गरे । सो समूहसँग विभिन्न कोणबाट अनौपचारिक वार्ता भईरहेको उनले स्विकारे ।