मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १६ शनिबार ११:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

करदाता उपहार कार्यक्रममा राष्ट्र बैंकको सहजीकरण

सबै भुक्तानी सेवाप्रदायकलाई एप अपडेट र ग्राहकलाई सूचना पठाउन राष्ट्र बैंकको परिपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार ११:४९:oo
  • दैनिक विजेताले एक लाख ३३ हजार तीन सय ३४ र पाक्षिक बम्पर विजेताले १० लाख पाउने

नेपाल राष्ट्र बैंकले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ प्रभावकारी रूपमा सञ्चालनका लागि आवश्यक तयारी गर्न सबै भुक्तानी सेवाप्रदायक (पिएसपी) संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको परिपत्रमा आन्तरिक राजस्व विभागले सञ्चालन गर्न लागेको उक्त कार्यक्रमका लागि विद्युतीय प्रणालीबिच अन्तरआबद्धता स्थापना गरी आवश्यक सहजीकरण गर्न सबै अनुमतिपत्रप्राप्त भुक्तानी सेवाप्रदायकलाई निर्देशन दिइएको हो ।

उपभोक्ताले सरसामान खरिद गर्दा अनिवार्य रूपमा बीजक लिन प्रोत्साहन गर्न भन्दै सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । कार्यक्रममा नेपालभित्र आफ्नै प्रयोजनका लागि एकपटकमा एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने अन्तिम उपभोक्ता सहभागी हुन सक्ने प्रावधान छ । स्वचालित प्रणालीमार्फत प्रत्येक दिन एकजना वजेता तथा प्रत्येक १५ दिनमा एकजना बम्पर विजेता छनोट गरिने व्यवस्था गरिएको छ ।