मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ असोज २९ बुधबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज २९ बुधबार २o:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद

विश्वकपमा छनोट भएपछि कप्तान रोहित भन्छन्– यहाँ सपनाको समाप्त भएको छैन, सुरुवात भएको छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज २९ बुधबार २o:१७:oo

आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपालका कप्तान रोहितकुमार पौडेलले सपनाको सुरुवात भएको बताएका छन्। छनोटपछि फेसबुकमा लेख्दै उनले भनेका छन्–यहाँ सपनाको अन्त्य भएको हैन, सुरुवात भएको छ । 

विश्वास र समर्थन गर्ने सबै नेपाली यो खुसीको पलको हकदार भएको उनको भनाइ छ । 

एसिया तथा पूर्वी एसिया प्यासिफिकबाट भइरहेको छनोट खेलमा नेपाल र ओमान विश्वकप यात्रा सुनिश्चित गरेका हुन्। बुधबार भएको खेलमा युइएईले सामोआलाई हराएसँगै २ खेलअघि नै नेपाल र ओमान छनोट भएका हुन्। बाँकी एक स्थानका लागि अब युएई, कतार र जापानबिच प्रतिस्पर्धा हुनेछ।