नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटेल क्राउन इम्पेरियलमा ‘चाइना भ्लगर मिट २०२५’ सम्पन्न भएको छ।
2025-09-30-01-30-09.jpeg)
उक्त कार्यक्रममा दुवै देशका अग्रणी क्रियेटरहरू, इन्फ्लुएन्सरहरू र स्टोरीटेलरहरू सहभागी भई सांस्कृतिक आदानप्रदान, सहकार्य र यस क्षेत्रको भ्लगिङ तथा डिजिटल मिडियाको भविष्यबारे छलफल गरे। कार्यक्रमले सांस्कृतिक कूटनीति सुदृढ पार्न, पर्यटन प्रवर्द्धन गर्न र नेपाल–चीनबिचको जनस्तरको सम्बन्धलाई बलियो बनाउन डिजिटल स्टोरीटेलिङको भूमिकामा जोड दिएको थियो।
2025-09-30-01-30-00.jpeg)
कार्यक्रममा बागमती प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठ, नेपाल पर्यटन बोर्डका निर्देशक सुनील शर्मा, बोर्डका उपाध्यक्ष कमल सापकोटा ट्रेकिङ एजेन्सी एसाेसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे, पर्यटन विज्ञ डा. आलोक प्रसाईंलगायतको उपस्थिति थियो।
2025-09-30-01-29-43.jpeg)
डिजिटल आवाजलाई सशक्त बनाउने, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने र नेपाल–चीनबिच अझ सबल रचनात्मक साझेदारी निर्माण गर्ने साझा दृष्टिकोणसहित कार्यक्रम समापन भयो।

