मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 22 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी र स्काई ब्रोडब्यान्डबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३२:oo

एनआइसी एसिया बैंकका ग्राहकलाई छुट प्रदान गर्न बैंक र स्काई ब्रोडब्यान्डबिच द्विपक्षीय सहमति भएको छ । 

यस समझदारीसँगै बैंकका ग्राहकले स्काई ब्रोडब्यान्डको इन्टरनेट सेवा लिएर डिजिटल भुक्तानी गर्दा १५ सय रुपैयाँ छुट प्राप्त गर्नेछन् । उक्त छुट १५०, २५० र ३५० एमबिपिएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा पाइने बताइएको छ ।

यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यस सहकार्यले विशेष छुटमा ग्राहकले इन्टरनेट प्रयोग गर्न पाउनुका साथै देशको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।