मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 22 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंक ‘युरो मनी अवार्ड’बाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२७:oo

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स–२०२५ : बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । बैंक यसअघि सन् २०१०, सन् २०२०, सन् २०२१, सन् २०२२ र सन् २०२४ मा विभिन्न विधामा उक्त अवार्डबाट सम्मानित भइसकेको छ ।

युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड मानिन्छ । यस बैंकले वार्षिक रूपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

बैंकले ग्राहकलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहललगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । यो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको आधारका रूपमा पनि लिइन्छ । 

वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा आफूलाई केन्द्रित गर्दै कार्बन फुटप्रिन्ट घटाउँदै उत्तरदायी बैंकिङलाई प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको बैंकले जनाएको छ ।