मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ६ शुक्रबार १६:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भ्रष्टाचारमा दोषी ठहर भएका नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सिंहद्वारा राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ६ शुक्रबार १६:o६:oo

भ्रष्टाचार मुद्दामा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन्। शुक्रबार उनले केन्द्रीय कार्यालयमा राजीनामा बुझाएका हुन् । 

अदालतले गरेको निर्णय मान्ने आफ्नो कर्तव्य भएकाले राजीनामा दिएको राजीनामापत्रमा उल्लेख छ । उनलाई हटाउन माग गर्दै पटकपटक कांग्रेस नेताहरूले पार्टीको नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आएका थिए । 

सर्लाहीकै तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिकाे अध्यक्ष रहँदा सिंहले वन मासेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले उनीविरुद्ध कैद र जरिवाना सुनाएको थियो । त्यसविरुद्ध उनी सर्वोच्च अदालतमा पुनरावेदन गएकामा १५ फागुन २०८० मा विशेषकै फैसला आंशिक सदर गर्दै दोषी ठहर गरेको थियो । विशेषले नाै महिना कैद तोकेकोमा सर्वोच्चले चार महिना १५ दिन कायम गरेको थियो भने एक करोड २३ लाख रुपैयाँ बिगो भराउने विशेषकै निर्णय सदर गरेको थियो ।  नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टी सदस्यता कायम नरहने नेपाली कांग्रेसको पार्टी विधानको व्यवस्था छ ।