मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
संजित परियार काठमाडौं
२o८२ भदौ ६ शुक्रबार १४:५७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

शिक्षा विधेयकप्रति असन्तुष्ट निजी विद्यालय सञ्चालकद्वारा विरोध प्रदर्शन (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ६ शुक्रबार १४:५७:oo

शिक्षा विधेयकप्रति असन्तुष्ट रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।

विधेयकमा पूर्ण छात्रवृत्ति शब्द राख्न नहुने,  पूर्ण छात्रवृत्ति दिन नसकिने, गैरनाफामूलक बनाउन नहुने, छात्रवृत्ति वितरण गर्दा अधिकार सम्बन्धित विद्यालयमा हुनुपर्ने, निजीका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिन नहुनेलगायत माग प्याब्सन र एन प्याब्सनले राखेका छन्। माग पूरा नभए निजी विद्यालयहरूले ९ भदौदेखि विद्यालय नै बन्द गर्ने घोषणा गरेका छन्।