
सिराहाको मिर्चैया नगरपालिका– ६, कटारी चोकस्थित जय भवानी ट्रेडर्स हार्डवेयर पसलमा मंगलबार राति आगलागी हुँदा करिब २५ लाख रुपैयाँबराबरको क्षति भएको छ।
स्थानीय सगरमाथा माविनजिकै पूर्व–पश्चिम लोकमार्गको दक्षिणपट्टि रहेको पसलमा साँझ करिब ८ः३० बजेतिर अचानक आगो लाग्दा पसलमा रहेका अधिकांश सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विद्युतको तार सर्ट भएर आगो लागेको आशंका गरिएको छ। मिर्चैया प्रहरीका अनुसार आगलागी स्थानीय बासिन्दा, सुरक्षाकर्मीसहित मिर्चैया नगरपालिकाको बारुण यन्त्रकाे सहयाेगमा नियन्त्रणमा लिइएको थियो।
स्थानीयका अनुसार मिर्चैया क्षेत्रमा दैनिकजसो विद्युत् आउने–जाने हुँदा भोल्टेजमा उतारचढाव हुने गरेकाले त्यसैका कारण आगलागी भएको हुन सक्ने जनाइएको छ ।