१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २५ बिहीबार o६:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लगातार दोस्रो जित निकाल्दै मोक्षदा स्कुल क्वार्टरफाइनलमा 

दोस्रो जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार o६:५९:oo

लगातार दोस्रो जित निकाल्दै मोक्षदा स्कुल दोस्रो जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । बुधबार भएको आफ्नो दोस्रो खेलमा मोक्षदाले जेम्स स्कुललाई ८६ रनले हराएको हो ।

पहिला ब्याटिङ गरेको मोक्षदाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा जेम्सले २० ओभरमा आठ विकेट गुमाउँदा मात्र ८० रन बनाए सक्यो । यसअघि भएको पहिलो खेलमा मोक्षदाले ईशान साह सुवेदी चम्किएपछि त्रियोग स्कुललाई १३५ रनले हराएको थियो । 

दोस्रो खेलमा पनि प्लेयर अफ दी म्याच ईशानले ४३ बलमा सर्वाधिक ६१ रन लिए । उनको नाममा एक विकेट पनि रह्यो । त्यस्तै, आलोककुमार साहले १९ बलमा ३० र नितेश बुढाथोकीले २९ रनको योगदान गरेका थिए ।

यता बलिङतर्फ मोक्षदाका अभिसिंह राजपुतले सर्वाधिक तीन  विकेट लिँदा आलोककुमार र ईशानले समान एक विकेट लिएका हुन् । जेम्सका लागि अक्षान्त सुवेदीले २२, आरभ ज्ञावालीले २१ रनको योगदान गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

दिनको अन्य खेलमा नेपाल पुलिस स्कुलले भ्याली पब्लिक स्कुललाई ८५ रनले हराउँदा अपी स्कुल र सैनिक आवसीय महाविद्यालयले आ–आफ्नो खेलमा जित निकालेका छन् ।