मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका क्वालालम्पुर
२o८२ बैशाख १५ सोमबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५औँ एएफपिपिडी महासभामा योगेश गौचन थकाली युवा समितिको अध्यक्षमा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्वालालम्पुर
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार १o:oo:oo

नेपालका सांसद योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (AFPPD) को युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा २७–२८ अप्रिल २०२५ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो।

AFPPD एसिया–प्रशान्त र मध्यएसियाका ३० वटा राष्ट्रिय समिति (NCs) का सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो, जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।

थकालीको निर्वाचनले जनसंख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको छ। युवा सशक्तीकरणको क्षेत्रमा उनले गर्दै आएको सक्रिय नेतृत्वका अतिरिक्त, थकालीले जलवायु संकटसम्बन्धी विषयहरूलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन्। उनले विभिन्न मञ्चहरूमा जलवायु संकटको आवाज बुलन्द गर्दै, दिगो र समावेशी नीतिहरूको आवश्यकता प्रतिपादन गर्दै आएका छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै थकालीले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवर्द्धन गर्ने, क्षेत्रीय सहकार्यलाई बलियो बनाउने र जलवायु परिवर्तनविरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको नेतृत्वले एसिया (प्रशान्त क्षेत्रका युवाहरूलाई दिगो भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न अझ उत्प्रेरित गर्ने विश्वास गरिएको छ।