१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
काठमाडौं नयाँ पत्रिका
२०७६ जेठ २७ सोमबार १३:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गुठी विधेयक विरुद्धको प्रदर्शनमा भएको धरपकडको विरोधमा कांग्रेसद्वारा संसद अवरुद्ध

Read Time : < 1 मिनेट
काठमाडौं नयाँ पत्रिका
२०७६ जेठ २७ सोमबार १३:३३:००

माइतीघर मण्डलामा आइतबार गुठी सम्बन्धी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको धरपकडको जवाफ गृहमन्त्रीले दिनुपर्ने भन्दै कांग्रेसले सोमबारको बैठक अबरुद्ध गरेको छ । 

बैठकको सुरुमा भूमिसुधार मन्त्री पद्य्मा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संसोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि नआएको भन्दै प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि पानीको फोहोरा मात्र प्रयोग गरेको बताइन् । 

उनले संविधानको धारा २ सय ९० अनुसार विधेयक आएकोले संविधानलाई एकिकृत रुपमा बुझ्न आग्रह गरिन् । विधेयकमा गुठीमा जोडिएका किसानका हकहित, मठ मन्दिर, धर्म संस्कृतिलाई संरक्षण गर्ने विषयलाई प्रतिकुल पार्ने व्यवस्था नभएको उनले बताइन् । 

मन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसकी सचेतक पुष्पा भुसालले माइतिघर मण्डलामा गुठीयारमाथि भएको धरपकडप्रति भुमिसुधार मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै गृहमन्त्रीको जवाफ माग गरिन् । मन्त्रीले धरकपड गरेको स्वीकार गरेको भन्दै उनले त्यसबारे गृहमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले सदन संचालन गर्न नदिने बताइन् । 

आसन ग्रहणका लागि सभामुखले पटक पटक आग्रह गरेपनि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाइरहेपछि सभामुखले बैठक स्थगित गरेका थिए ।