Skip This
विदेश पठाइदिन्छु भनी १४ जनाबाट ७४ लाख ठगी, दुई पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ७ बुधबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेश पठाइदिन्छु भनी १४ जनाबाट ७४ लाख ठगी, दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार १६:१६:oo

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२, लाजिम्पाट बस्ने ३७ वर्षीय शरण थापा र इलाम सूर्योदय नगरपालिका–१० घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सिकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेकाे प्रहरीले जनाएको छ। 

पक्राउ परेकामध्ये शरणले सिंगापुर पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शरणलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।