मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Tuesday, 18 March, 2025
२o८१ माघ २४ बिहीबार २३:१o:oo
Read Time : < 1 मिनेट
समाचार

सत्येन्द्र र नेहामाथि भएको ज्यादतीविरुद्ध सर्लाहीमा विरोध प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार २३:१o:oo

अन्तरजातीय विवाह गरेकै अधारमा सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारमाथि प्रहरी प्रशासनबाट भएको ज्यादतीको विरोधमा सर्लाहीमा विरोध प्रदर्शन भएको छ । जात व्यवस्था उन्मुलन मोर्चा, नेपालले दोषीलाई कारबाहीको माग गरी विरोध प्रदर्शन गरेको हो । 

सर्लाही बरहथवाका सत्येन्द्र र नेहालाई प्रहरीले पटक पटक पक्राउ गरी छुटाउने प्रयास गरेको थियो । विवाह दर्ता गरिसकेपछि पनि बालविवाहको मुद्दा दायर गरिएकोमा सर्वत्र आलोचना भइरहेको छ । गृहमन्त्री रमेश लेखककै निर्देशनमा यस्तो ज्यादती भएको पीडितहरुले बताएका छन्।