१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका / काठमाडाैं
२०७६ जेठ १९ आइतबार ११:४६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

गोल्छाको हाइकिङ रुट, काठमाडौं वपिरिका डाँडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका / काठमाडाैं
२०७६ जेठ १९ आइतबार ११:४६:००

व्यवसायी शेखर गोल्छाको दैनिकी व्यस्त छ । यता व्यापार व्यवसायमा पनि सक्रिय हुनैपर्‍यो भने उता उद्योग वाणिज्य महासंघलाई पनि समय दिनैपर्‍यो । गोल्छा महासंघका वरिष्ठ उपाध्यक्ष हुन् । उमेरले ५२ पुगेका उनी स्वस्थ र फिट देखिन्छन् । टिपटप भएर हिँड्छन् । व्यवसाय र महासंघको राजनीतिमा व्यस्त रहँदारहँदै पनि उनी आफ्नो स्वस्थ्यप्रति सचेत छन् । 

बिहान मर्निङवाकमा निस्कन्छन् । क्लब पनि जान्छन् । बिदाको दिनमा नजिकका डाँडातिर हाइकिङ निस्कन्छन् । उनी काठमाडौं उपत्यका नजिकका अधिकांश डाँडामा हाइकिङ गइसकेका छन् । उनी भन्छन्, ‘परिवार र साथीसँग हाइकिङ जान्छु ।’ नागार्जुन डाँडोमा धेरैपटक पुगेका छन्, गोल्छा । थप्छन्, ‘शिवपुरी डाँडो पूरै घुमिसके ।’ नगरकोट, चन्द्रागिरि, फुलचोकी, चम्पादेवी पनि हाइकिङ जाने गरेको उनी बताउँछन् । थप्छन्, ‘म काठमाडौं उपत्यकाका सबैजसो पहाड चढिसकेको छु । हिँडेर र साइकल कुदाएर भक्तपुरको लाँकुरीभन्ज्याङ पुगेको छु ।’