१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार २०:३९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार २०:३९:००

देशको अर्थतन्त्रमा देखिएको संकट समाधानमा आवश्यक पहल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँग बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरेर समाधान निकाल्ने बताएका हुन् । 

प्रधानमन्त्री देउवाले निजी क्षेत्रसहित सबै सरोकारवाला पक्षलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिबद्धता जाहेर गरे । 

महासंघ प्रतिनिधिमण्डलले यसअघि एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै भेट गरी देशको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन आग्रह गरेको थियो । 

यस्तै, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई पनि भेटेर महासंघले वर्तमान समस्या समाधानबारे ध्यानाकर्षण गराएको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अर्थतन्त्र समस्यामा रहेको र यसको सामाधानका लागि आफू र आफ्नो पार्टी तत्पर रहेको आश्वासन दिएका थिए । यस्तै, अर्का पूर्वप्रधानमन्त्री प्रचण्डले पनि समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए । 

प्रधानमन्त्रीसहित शीनिजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासनर्ष नेताहरूसँगको भेटवार्तामा महासंघको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र बहुप्रतीक्षित चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गर्यो । 

शीर्ष नेतृत्वसँगको भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझिदिन आग्रह गरेका थिए । राजस्वले साधारणनिजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन खर्चसमेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै संकुचित हुँदै गएकोतर्फ उनले ध्यानाकर्षण गराए । 

भेटवार्तामा शीर्ष नेताहरूले महासंघको तर्फबाट राखेका सुुझावहरूप्रति ऐक्यबद्धता जनाउँदै अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्न सरकार तथा आफ्नो पार्टीका तर्फबाट प्रतिबद्धता जनाएका छन् ।