१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Monday, 30 June, 2025
संजित परियार काठमाडाैं
२o८१ असोज १९ शनिबार १८:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैँ आयो, चंगा उडायो...(फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १८:१३:oo

दसैँ भन्नेबित्तिकै चंगा उडाउने चलनको सम्झना आउँछ। खासगरी बालबालिका तथा किशोर–किशोरी दसैँ सुरु भएसँगै चंगा उडाउँदै रमाउँछन्। चंगा उडाउने प्रतिस्पर्धा अनि छिनेको चंगा लिन बालबालिकाहरू दौडिएको दृश्यले दसैँलाई साँच्चै रोमाञ्चक बनाउँँछ । केही वर्षअघिसम्म दसैँका वेला आकाशमा ठुलो संख्यामा चंगा देखिन्थे। तर, अचेल चंगा उडाउने चलन करिब हराइसकेको छ। तैपनि काठमाडौं उपत्यकाका केही अग्ला स्थान पुगेर चंगा उठाउन रमाउने केही युवा अहिले पनि देखिन्छन्। नयाँ पत्रिकाकर्मी संजित परियारले कीर्तिपुरको चोभारमा विभिन्न आकारका रंगीचंगी चंगा उडाउँदै गरिएका दृश्यलाई क्यामेरामा कैद गरेका छन्।