स्थानीय तहलाई सबैखाले विकासको केन्द्र बनाइनेछ : अर्थमन्त्री पुन

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण
स्थानीय तहलाई सबैखाले विकासको केन्द्र बनाइनेछ : अर्थमन्त्री पुन

बुधबार आयोजित पोस्ट बजेट अन्तरक्रियामा अर्थमन्त्री वर्षमान पुन । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।

अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताएका छन्।

बुधबार पोस्ट बजेट अन्तर्क्रियाको क्रममा अर्थमन्त्री पुनले केन्द्र सरकारले स्थानीय तहलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताएका हुन्।

‘सरकारले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ,’ अर्थमन्त्री पुनले भने, ‘त्यसैलाई आधार मानेर बजेट ल्याइएको छ। यसक्रममा स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापनालगायतका लक्ष्य बजेटमा समावेश गरेका छौँ।’ 

Please wait while image is uploading...

सुझावित समाचार